लमजुङको सामुदायिक अस्पतालमा एसएनसियू सेवा सञ्चालन गरिने

68
Shares

लमजुङ । सदरमुकाम बेँसीशहरमा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ‘विशेष नवजात शिशु सघन कक्ष’ (एसएनसियू) सेवा शुरु गर्न लागिएको छ ।

जिल्ला अस्पतालको सुविधालाई थप गर्दै यो सेवा शुरु गर्न लागिएको हो । विशेषगरी महिना नपुगी जन्मेका तथा सघन उपचार आवश्यक पर्ने गम्भीर अवस्थाका नवजात शिशुलाई लक्षित गरेर उक्त सेवा शुरु गर्न थालिएको अस्पतालले जनाएको छ ।

यसअघि जोखिम अवस्थाका नवजात शिशुलाई उपचार गर्ने प्रविधि नहुँदा अन्यत्र पठाउन बाध्य भएको अस्पतालले केही दिनमै निःशुल्क सेवा दिने प्रशासकीय प्रमुख युवराज देवकोटाले बताए ।

अस्पतालमा शिशु सघन उपचार कक्ष स्थापना भएसँगै नवजात शिशुको अकालमै मृत्यु हुने दर घट्ने विश्वास लिइएको छ । सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण भइसकेको र केही दिनमै सेवा शुरु गरिने अस्पतालले जनाएको छ ।

नेपाल सरकारको स्वामित्वमा १५ श्ययामा रहेको जिल्ला अस्पताल २०५८ सालमा मानव विकास तथा सामुदायिक सेवाले व्यवस्थापन जिम्मा लिई सामुदायिक अस्पतालका रुपमा सञ्चालनमा आएको थियो ।

अस्पतालमा हाल ६२ श्यया रहेका छन् भने निकट भविष्यमा १०० श्यया पु¥याउने अस्पताल विकास समितिको लक्ष्य रहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *