तीन हजार बिरामीको स्वास्थ्य परीक्षण


डडेल्धुरा । नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकिकृत स्वास्थ्य शिविरमा तीन हजार २०७ विभिन्न किसिमका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

नवदुर्गा गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पाँचवटै वडामा सञ्चालन भएको उक्त एकिकृत स्वास्थ्य शिविरमा दाँत, आँखा, पाठेघर लगायतका बिरामीको उपचार गरिएको थियो ।

गत माघ २१ गतेदेखि सञ्चालन भएको सो स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षण एक हजार ९२९, पाठेघर सम्बन्धी चेकजाँच तीन सय १२, आँखाको उपचार एक हजार १८६, दाँतको उपचार ३३६ तथा भिडियो एक्सरे १६४ जनाको गरिएको नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिए ।

यसैगरी चश्मा वितरण ३९८ जना र मोतियाविन्दुका ११५ बिरामीको उपचार गरिएको थियो । सो कार्यको आर्थिक व्यवस्थापन गाउँपालिकाले गरेको थियो ।

तीन हजार २०७ जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो । गाउँपालिकाका पाँचवटै वडामा एकिकृत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । निःशुल्क शिविर सञ्चालनमा रु १३ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *