सूर्यविनायक नगरपालिका पूर्ण खोप घोषित

32
Shares

भक्तपुर, २९ माघ । सूर्यविनायक नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले सूर्यविनायक नगरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्दै पाँच वर्षभित्र भक्तपुर जिल्लालाई सबै क्षेत्रबाट सम्पन्न जिल्ला बनाइने अठोट व्यक्त गरे।

उनले भक्तपुरमा सुरुङमार्ग तथा हनुमन्ते र मनोहरा खोला करिडोर निर्माण, खानेपानीको व्यवस्था, स्याटलाइट सिटी(मुख्य शहर वरिपरिका शहर)को व्यवस्था, दधिकोटको चित्रपुरमा खेलकुद कबर्ड हल, नलिञ्चोकमा रंगशाला, अनन्तलिंगेश्वर मन्दिरमा दृश्यावलोकन स्तम्भ निर्माण, घरवास पर्यटन विकास, चित्तपोलमा मानवनिर्मित तलाउ र काठमाडौँ उपत्यकाको सबैभन्दा लामो झोलुंगे पुल निर्माण गरिने बताए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रजिअ द्रोण पोखरेल, नगर प्रमुख वासुदेव थापालगायतले नगरपालिकालाई खोप सुनिश्चित गरेसँगै हरेक वर्ष कोही पनि बालबालिका खोपबाट बञ्चित नहुने गरी स्वास्थ्य सेवा सुनिश्चित गरिने बताए। नगरपालिकाले यस वर्ष दुई हजार ४०० बालबालिकालाई खोप दिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *