मेडिकल काउन्सिलले पहिलो पटक स्थापना दिवस मनाउँदै

256
Shares

काठमाडौँ, २४ माघ । नेपाल मेडिकल काउन्सिलले पहिलो पटक स्थापना दिवस मनाउने भएको छ । नेपाल मेडिकल काउन्सिल ऐन २०२० लालमोहर लागेको दिन १६ फागुनका दिन स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले २०२० फागुन १६ गते पहिलो पटक काउन्सिल ऐन जारी भएको अवसर पारी स्थापना दिवस मनाउने निर्णय भएको बताए । उनले स्थापना दिवसको अवसरमा पूर्व पदाधिकारीहरुलाई बोलाएर एकमुष्ट रुपमा धन्यवाद दिने निर्णय भएको बताए ।

यसैबीच मंगलबार बसेको फुल हाउस बैठकले स्नातक तह( एमबीबीएस बीडीएस तथा स्नातकोत्तर तह (पीजी) तहको लाइसेन्स परीक्षाको नयाँ पाठ्यक्रम बनाउने निर्णय गरेको छ ।

अहिलेसम्म लाइसेन्स परीक्षाको लागि ठोस पाठ्यक्रम बनेको छैन । पाठ्यक्रम बनेपछि स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई परीक्षामा सहजता हुने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *