निःशुल्क शिविरमा ४१० जनाले गराए स्वास्थ्य जाँच

36
Shares


लहान, २२ माघ । सिरहाको लहान–१७ देवीदहमा सम्पन्न एकदिने निःशुल्क स्वस्थ्य शिविरमा ४१० जनाले स्वास्थ्य जाँच गराएका छन् ।

ओम पोली क्लिनिक एण्ड अर्थो केयर सेन्टर लहानको सहकार्यमा अर्किड मेडिकल फाउन्डेशन जनकपुरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित ४१० जनाले निःशुल्क चेकजाँच गराएका छन् ।

शिविरमा हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, छाला तथा यौन रोगका बिरामीले निःशुल्क चेकजाँच गराएको स्वस्थ्यकर्मी रामबाबु सिंहले जानकारी दिए ।

साथै शिविरमा स्वास्थ्य जाँच गराउने बिरामीलाई औषधीसमेत वितरण गरिएको थियो । शिविरमा हाडजोर्नी तथा नसा रोग विषेशज्ञ डा ओमप्रकाश चौधरी, जेनरल फिजिसियन डा अरविन्द साह, नाक, कान तथा घाँटी रोग विषेशज्ञ डा सन्दर्भ गिरी र छाला तथा यौन रोग विषेशज्ञ डा प्रमोदकुमार दास लगायतका चिकित्सकले बिरामीको जाँच गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *