कालिकोटका जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अली माथि दुर्व्यवहार

2.8k
Shares

कालिकोट १९ माघ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा. कौशल अलीमाथि दुर्व्यवहार भएको छ ।

जिल्लाको रासकोट नगरपालिका साविक सिउना गाविसमा आज भएको पूर्ण खोप कार्यक्रममा सहभागी हुन गएका बेला उनीमाथि कालोमोसो दलेर दुर्व्यवहार गरिएको हो ।

कार्यक्रम सकेर खाजा खाने क्रममा ४ – ५ जनाको समूहमा आएको अज्ञात व्यक्तिहरुले कालोमोसो दलेर फरार भएका थिए । यद्धपी कालोमोसो दल्ने व्यक्तिहरु नेकपा माओवादीका सम्वद्ध कार्यकर्ता भएको बताइएको छ ।

नेकपा माओवादी जिल्ला तहले डा. अलीले आर्थिक अनियमिता गरेको, प्रसूतिका बेला गलत अप्रेसनका कारण तीन जनाको ज्यान गएकोले पार्टीको निर्णय बमोजिम कालो मोसो दलिएको जनाएको छ ।

डा. अलीसंग सम्पर्क गर्ने नेपाली हेल्थको प्रयास भने सफल हुन सकेन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “कालिकोटका जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अली माथि दुर्व्यवहार

  1. ठीक गरेछन्। कालिकोट जस्तो दुर्गम ठाँउमा गएर नि काम गर्ने हो? बेकारमा त्यहाको मान्छेलाई मात्र दु:ख, खुरुखुरु सुर्खेत नेपालगञ्ज जानु छोडेर!

Leave a Reply

Your email address will not be published. Required fields are marked *