बैतडीका १० वटै स्थानीय तहमा स्वास्थ्य सुरक्षा संयोजन समिति

44
Shares

बैतडी, १९ माघ । बैतडीका १० वटै स्थानीय तहमा स्थानीय तह स्वास्थ्य सुरक्षा संयोजन समिति गठन भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउन जिल्लाका ६ वटैै गाउँपालिका र चारवटै नगरपालिकामा संयोजन समिति गठन गरिएको स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रबन्धक जनक साउदले जानकारी दिए । सम्बन्धित स्थानीय तहका प्रमुखको अध्यक्षतामा समिति गठन गरिएको छ ।

उनले ४४० जना जनप्रतिनिधिलाई स्वास्थ्य बीमासम्बन्धी जानकारी समेत दिइएको बताए ।

बैतडीमा २०७३ साल पुसदेखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ७०४ घरपरिवारका तीन हजार ४४० जनाले बीमा गरेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *