सुत्केरी आमा र बच्चाको मृत्यु

4
Share

रुकुम, १९ माघ । रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो ।

घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पु¥याएका थिए । पाँचौँ पटक गर्भवती भएकी उनको बच्चाले गर्भमा नै दिशा गरेपछि बिहीबार राति मृत्यु भएको चौरजहारी अस्पतालका डा सुमन राईले जानकारी दिए ।

विष्टको शरीरमा रगतको अभाव रहेको र बान्ता गरिरहेका कारण उनको उपचारमा समस्या आएको डा राईले बताए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यु भएको डा राईको भनाइ छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *