निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउनुपर्ने उपराष्ट्रपति पुन
काठमाडौँ, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्यको पहुँच नपुगेका निम्न वर्गका जनतामाझ स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्।
शहीद स्मारक जनस्वास्थ्य कलेजको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले कालीकोट र जाजरकोटमा फैलिएको महामारीबारे चर्चा गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको विकासमा सम्बन्धित निकायको ध्यान पुग्नुुपर्नेमा जोड दिए ।
गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा आयोजक कलेजसहितका निजी क्षेत्रका शैक्षिक संस्थाको प्रयास निरन्तर रहने अपेक्षा गर्दै उपराष्ट्रपति पुनले दक्ष जनशक्तिको विकास भए देश संबृद्ध हुने विचार व्यक्त गरे ।
उक्त कलेजका अध्यक्ष निलकृष्ण ताम्राकारले नेपालमा प्राविधिक शिक्षाको अभावमा कयौँ युवा विदेशिन बाध्य भएको स्थितिमा आफूहरूले प्राविधिक शिक्षा दिएर केही हदसम्म प्रतिभा पलायन रोक्ने काम गरेको बताए।
उनले प्राविधिक शिक्षाको ज्ञान भए कोही पनि बेरोजगार बस्न नपर्ने विचार व्यक्त गर्दै यस कलेजले आगामी दिनमा दक्ष जनशक्ति उत्पादनमा लागिरहने प्रतिबद्धता व्यक्त गरे।
त्यस अवसरमा १० वर्षे सेवा अवधि पूरा गरेका कलेजका कर्मचारीलाईे सम्मान गरिएको थियो । रासस
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

