सर्पदंश उपचार केन्द्रको शिलान्यास
नेपालगन्ज, ८ माघ । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगन्जमा सर्पदंश उपचार केन्द्र भवन निर्माण हुने भएको छ ।
रु ३० लाखको लागतमा निर्माण हुने उक्त केन्द्रको आज प्रदेशसभा सदस्य कृष्णा केसीले शिलान्यास गरे ।
भवन निर्माणका लागि राप्तीसोनारी गाउँपालिकाले तत्काल रु १५ लाख बजेट विनियोजन गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको मुख्यालय ओभरी अगाडि सो भवन निर्माण हुन लागेको हो । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



