एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो

काठमाडौँ, १ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैकक पुगेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उनका स्वकीय सचिव एलिस दाहालले जानकारी दिए ।

‘‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिर्पोट राम्रो देखिएको छ’’ दाहालले रासससँग भने, ‘उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ ।’’

अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा अहिले बैककको वुमरुनगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराईरहेका छन् । निर्वाचनको दौडधुपका कारण चिकित्सकको सल्लाहअनुसार उनी स्वास्थ्य परीक्षण गराउन बैँकक गएका हुन् ।

गत २६ पुसमा पत्नी राधिका शाक्यसहित चिकित्सक डा. दिव्यासिंह शाह, डा. यादवदेव भट्टको साथमा बैंकक प्रस्थान गरेका थिए । उनी आगामी बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *