छ दिन पछि अनसन तोडे डा. केसीले

48
Shares

काठमाडौँ, २९ पुस । डा. गोविन्द केसीले अनसन तोडेका छन् । त्रिवि शिक्षण अस्पताल परिषर बाहिर जुत्ता सिलाउने सिरहाका नथुनिया मोचीबाट जुस पिउदै उनले अनसन तोडेका हुन् ।

सर्बोच्च अदालतले गत २३ पुसमा डा शशी शर्मालाई आइओएमको डीन बनाएपछि डा केसी अनसनमा उत्रिएका थिए । डा शर्माको चार दिने अवधी पुरा भएपछि हिजो देखि डीनमा पुन डा जगदीश अग्रवाल हाजिर भएका छन् ।

डा अग्रवाल हाजिर भएसंगै डा केसीले हिजो बेलुका नै स्वास्थ्य मन्त्री दीपक बोहरासंग ५ बुँदे सम्झौँता गर्दै अनसन तोडने निर्णय गरेका हुन् ।

प्रधानन्यायधीशको राजिनामा मुख्य मागका साथ अनसन सुरु गरेपनि पाँच बुँदे सम्झौँतामा कही केही उल्लेख छैन । तर अनसन तोडने क्रममा केसीले राजिनामाको माग यथावत रहेको बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *