क्यान्सर अस्पताल सञ्चालनमा आउने

20
Shares

नेपालगञ्ज, २६ पुस । लामो समयको पर्खाइपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट बहिरङ्ग उपचार सेवा आगामी माघ महिनादेखि शुरु हुने भएको छ ।

नेपाल सरकारअन्तर्गत रहेको सो अस्पतालले यसअघि केही दिनका लागि स्याटेलाइट प्रणालीबाट बहिरङ्ग सेवा शुरु गरेको थियो, तर त्यसले निरन्तरता पाउन भने सकेन ।

अस्पतालका लागि आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीको नियुक्ति प्रक्रिया पनि थालिएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार सबै कर्मचारीको लिखित परीक्षा भइसकेको छ, केही दिनभित्रै कर्मचारीको नियुक्त सरकारी तहबाट हुनेछ ।

सो अस्पताल सञ्चालनमा आएपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका क्यान्सर रोगका बिरामीलाई उपचारका लागि चितवन, काठमाडौँ र भारतका अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

अस्पतालले उपकरण खरिदका लागि टेण्डर आह्वान गरिसकेको र केही दिनभित्र तत्काल आवश्यक पर्ने उपकरण जडान भइसक्ने अध्यक्ष कक्षपतिले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *