डा. केसीलाई तत्काल रिहा गर्न नेपाल चिकित्सक संघको माग

96
Shares

काठमाडौँ, २४ पुस । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रहरीले डा. केसीलाई केही बेर अघि अनसनस्थल त्रिवि शिक्षण अस्पताल परिषरबाट पक्राउ गरेको थियो ।

संघले आफ्ना आजिवन सदस्य तथा त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.  केसीलाई अस्पताल परिषरबाटै गिरफ्तारी  गर्नु दुखद रहेको भन्दै रिहा गर्न माग गरेको हो ।

संघका महासचिव डा. लोचन कार्कीद्धारा जारी विज्ञप्तीमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसंगतिका विरुद्ध निरन्तर सत्याग्रहको माध्यमबाट सरोकारवालाको ध्यानाकर्षण गराउने काम गरेको उल्लेख छ ।

डा. केसीलाई प्रहरीले बेलुका ८ बजे अबहेलनाको मुद्धामा पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरीबृत सिंहदरबारमा राखिएको छ । प्रहरीले केसीलाई भोलि ( मंगलबार ) विहान ९ बजे सर्बोच्चमा उपस्थित गराउने बताएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *