३५ बर्षको अवधीमा करिब १५ लाखलाई दियो उपचार सेवा

80
Shares


विराटनगर, १५ पुस । रामलाल गोल्छा आँखा अस्पताल विराटनगरले ३५ वर्षका अवधिमा १४ लाख ७४ हजार ८४१ जनालाई आँखासम्बन्धी स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।

उक्त अस्पतालको शुक्रबार आयोजित साधारणसभामा आव २०७२/०७३ मा ६२ हजार ७३६ जनाको आँखाजाँच गरिएकामा पाँच हजार ५२६ जनाको शल्यक्रिया गरिएको र आव २०७३/०७४ मा ६७ हजार ४४१ जनाको आँखाजाँच गरिएकामा छ हजार ७५ जनाको शल्यक्रिया गरिएको जानकारी दिइएको छ ।

महानगरपालिकाका उपप्रमुख कार्कीले महानगरपालिकाले मोतीयाबिन्दुरहित महानगर बनाउने अभियान सञ्चालन गरिसकेको जानकारी जानकारी दिए । सभामा अस्पतालका अध्यक्ष लोकमान गोल्छाले अस्पतालले पु¥याएको सेवासुविधाका बारेमा जानकारी दिएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *