लिंग पहिचान पछिको गर्भपतनले विकृति ल्याउने

36
Shares

विराटनगर, १५ पुस । असुरक्षित गर्भपतन रोक्न युवालाई यौन शिक्षा दिनुपर्ने तथा बजारमा खुलारुपमा बिक्री वितरण हुने गर्भधारण रोक्ने औषधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने विचार यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले बताएका छन् ।

बाल समाज मोरङद्वारा शुक्रबार आयोजित महिला यौन तथा प्रजनन स्वास्थ्य अधिकार जिल्लास्तरीय संवाद कार्यक्रममा वक्ताले लिंगको पहिचान गर्ने कार्यले बढी गर्भपतन गराइने समाजमा विकृति उत्पन्न भएको धारणा व्यक्त गरे ।

सो अवसरमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेलले कानूनले निर्दिष्ट गरेअनुसार सुरक्षित गर्भपतन गराउन आग्रह गरे ।

मोरङ जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले बाल यौन शोषणका अपराधीलाई कानूनको दायरामा ल्याउने कार्यमा सहयोग गरिने बताए ।

विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले असुरक्षित गर्भपतनबाट हुने जोखिम तथा भविष्यमा हुने असरका सम्बन्धमा युवालाई शिक्षित गराउनुपर्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *