स्वास्थ्यका चारवटा निकायका निर्देशक फेरिए ( को – कहाँ ?)

2.0k
Shares

काठमाडौँ, १३ पुस । स्वास्थ्य मन्त्रालय अन्तरगर्तका विभिन्न चारवटा निकायका प्रमुखहरुको पदस्थापन तथा सरुवा भएको छ ।

स्वास्थ्य मन्त्री दीपक बोहराले रिक्त रहेका चार स्थानमा एघारौँ तहका चार जना डाक्टरलाई जिम्मेबारी दिएका हुन् ।

मन्त्रालयका  उपसचिव बाबुराम खनालका अनुसार  रिक्त रहेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाको निर्देशकमा डा विकास देवकोटालाई लगिएको छ ।

सो महाशाखाको निर्देशक डा नरेशप्रताप केसी दुई साता अघि अवकाश पाएका थिए ।

यस्तै राष्टिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा बासुदेव पाण्डेलाई ल्याइएको छ । पाण्डे मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक थिए । मध्यमाञ्चल क्षेत्रीय निर्देशकमा सिन्धुली अस्पतालका चिकित्सक डा मदन उपाध्यायलाई पठाइएको छ ।

यस्तै मन्त्रालयले सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा डा अनुज भट्टचनलाई पठाएको छ । खुल्ला प्रतिप्रर्धाबाट एघारौँ तहमा बढुवा भएका भट्टचनको सुपमा पदस्थापन गरिएको हो । सुपका निर्देशक डा सुशील प्याकुरेल १२ औँ तहमा बढुवा भएपछि मन्त्रालय आएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *