घाइतेको उपचार गर्न आकस्मिक कक्षमा डाक्टर नभेटिएपछि …

68
Shares

उदयपुर १२ पुस । दुर्घटनाका घाइतेको उपचार गर्न जिल्ला अस्पतालमा एक जना पनि स्वास्थ्य कर्मी नभएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले अस्पतालका चिकित्सक तथा पदाधिकारीमाथि अनुसन्धान तथा कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

मंगलबार (हिजो ) दिउसो जिल्लाको रौतामाई गाँउपालिका ४ स्थित सिटेनीपाखामा बोेलेरो जिप दुर्घटनाका घाइतेलाई अस्पताल पुरयाउँदा आकस्मिक कक्षमा एक जना पनि डाक्टर नभेटेपछि प्रशासन कार्यलयले अनुसन्धान अघि बढाएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएका थिए । जिल्ला अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मी नभेटेपछि घाइतेलाई विराटनगर पठाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले अस्पतालमा एक जना डाक्टर तथा कर्मचारी नहुनु लापरबाही भन्दै छानवीन गरि कारबाहीको प्रक्रिया अघि बढाएको बताए । उनले अहिले आकस्मिक कक्षमा रहेका डाक्टर तथा कर्मचारीहरुको खोजी गरिएको जानकारी दिए ।

स्रोतका अनुसार आकस्मिक कक्षको डिउटीमा रहेकाडा अमित मिश्र भेटिएनन् । अर्का डाक्टर विशाल देव जिल्लाको सुनकोशी गाँउपालिकामा स्वास्थ्य शिविर चलाउन गएको बुझिएको छ ।

अस्पताल जस्तो चौविस घण्टा अलर्टमा बस्नुपर्ने निकायमा डाक्टन नभएको भन्दै प्रजिअ कडेलले अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रिलाई उपस्थित गराएका थिए । उनले प्रहरीलाई डा मिश्रको खोजी गर्न निर्देशन दिएका थिए ।

घाइतेको उपचार गर्न ल्याउँदा अस्पताल चिकित्सक तथा स्वास्थ्यकर्मी विहीन बनेपछि स्थानीय सर्वसाधारण आक्रोशित भएका थिए । उनीहरुले अस्पताल र स्वास्थ्यकर्मी विरुद्ध चर्का नारा समेत लगाएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *