पाल्पाको रामटारमा आँखा शिविर, दुईसय १३ लाभान्वित
पाल्पा, ११ पुस । पाल्पाको रामपुर नगरपालिका–१० रामटारमा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविरबाट २१३ जना बिरामीले सेवा लिएका छन् ।
सोमबार भएको शिविरमा आँखा परीक्षण गराएकामध्ये छ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् । मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा रिफर गरिएको छ । अन्य बिरामीलाई आवश्यकताअनुसार निःशुल्क औषधि वितरण गरिएको किसनकुमार श्रेष्ठले बताए ।
लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाको आयोजना तथा प्राविधिक सहयोग, भगवती चश्मा पसल रामपुरको सहआयोजना र ज्ञानपुञ्ज युवा समाजको व्यवस्थापनमा शिविर चलेको हो । रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]