दुई सय महिलाको निःशुल्क पाठेघर तथा स्तन परीक्षण

28
Shares

 

पर्वत, ९ पुस । पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार सम्पन्न महिलाको पाठेघर तथा स्तन उपचार शिविरमा २०० भन्दा बढीको परीक्षण गरिएको छ ।

चेतनाको अभावमा महिलामा विकराल बन्दै गएको स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी एकदिने शिविरमा उक्त संख्यामा महिलाको परीक्षण गरिएको हो ।

स्थानीय सामाजिक संस्था सिसेफ नेपाल पर्वतको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा उपचार गर्नका लागि सदरमुकाम कुश्माबजारका साथै गाउँगाउँदेखि महिला आएका थिए ।

आर्थिक अभावका कारण लामो समयसम्म रोग बल्झाएर राखेका महिलाको पनि शिविरमा उपचार गरिएको क्लबका संस्थापक टंक लामिछानेले जानकारी दिए ।

सो अवसरमा पाठेघरमा मासु पलाएका, पाठेघरको क्यान्सर भएका तथा स्तनमा गाठागुठी, स्तन क्यान्सरको लक्षण देखिएका बिरामी भेटिएका थिए ।

उनीहरूलाई आवश्यक सल्लाहसहित औषधिसमेत वितरण गरिएको थियो । यसअघि उक्त शिविरको प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य पदम गिरीले उद्घाटन गरेका थिए । शिविर उद्घाटन गर्दै सांसद गिरीले देशमा नागरिक स्वस्थ रहेमात्र राष्ट्र समृद्ध हुने बताउँदै सबै नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने धारणा राखे ।

उक्त शिविर सञ्चालनका लागि स्थानीय लायन्स क्लबले समेत साझेदारी गरेका थिए । सो अवसरमा सहभागीले यस्ता संवेदनशील शिविर सदमरुकाममा मात्र नभई गाउँगाउँमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *