एक नेपाली डाक्टरले पाए ५ हजार डलरको फेलोसिप

364
Shares

धरान, ९ मंसिर । नेपालका बालबालिकामा हुने मधुमेहमाथि थप अनुसन्धान गर्न भन्दै चिकित्सकहरुको अन्तर्राष्ट्रिय संस्थाले एक जना नेपाली डाक्टराई ५ हजार डलर ( ५ लाख १५ रुपैयाँ) बराबरको अन्तर्राष्ट्रिय फेलोसिप प्रदान गरेको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहलाई नेसनल सोसाइटी अफ प्यासिफिक एन्ड एडोलोसेन्ट डाइबिटिज (आईएसपीएडी) ले सो फेलोसिप दिएको हो ।

डा. सिंहले सो फेलोसिप अन्तरगर्त टोकियोस्थित नियोन युनिभर्सिटी हस्पिटल गई आवश्यक थप तालिम समेत लिइसकेका छन् ।
‘मैले पाएको एलन ड्रास अन्तर्राष्ट्रिय फेलोसिप’ अवार्ड हो । र यो अवार्ड पाउने पहिलो नेपाली डाक्टर पनि मै हुँ,’ उनले दावि गरे ।

उनले बालबालिकामा हुने मधुमेह माथि थप अनुसन्धान गर्ने अवसर प्राप्त भएको छ ‘नेपाली बालबालिकाको हितमा स्वास्थ्योपचार गर्न थप हौसला बढेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *