पाल्पामा किशोर किशोरीलाई स्वास्थ्य शिक्षा

44
Shares

पाल्पा, ७ पुस । ‘विहेवारी बीस वर्ष पारी’ भने पनि यस जिल्लामा अझैपनि उमेर नपुग्दै विवाह हुने क्रममा कमी आउन सकेको छैन । उमेर नपुग्दै अर्थात् किशोरावस्थामा नै विवाह गरेर घरजम गर्नेको संख्या अहिले पनि उत्तिकै छ ।

किशोर किशोरी विवाहलाई कम गर्न जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाले उनीहरुलाई लक्षित गरेर स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरेको छ ।
२०६८ सालको जनगणनाअनुसार पाल्पामा अझैपनि ६० प्रतिशत किशोर किशोरीहरु उमेर नपुग्दै वैवाहिक जीवनमा बाँधिन पुगेका छन् ।

कतिपय रहरले त कति बाध्यताले वैवाहिक जीवनमा बाँधिने गरेको पाइन्छ । स्वास्थ्य कार्यालयले यस कार्यलाई कम गर्दै गरेर शून्यमा पु¥याउने लक्ष्यका साथ जिल्लाका माविस्तरीय ४१ सामुदायिक विद्यालयमा किशोर किशोरीका लागि स्वास्थ्य शिक्षा संचालन गर्दै आइरहेको छ ।

गाउँगाउँमा, टोलटोलमा पुगेर आमा समूह, महिला समूहमा आबद्ध महिलाहरुलाई किशोरावस्थामा विवाह गरेपछि गर्भावस्थामा देखिने असर, शारीरिक तथा मानसिक असर, शैक्षिक क्षेत्रमा हुने असर, कम उमेरमा गर्भपतन, आमाको उमेर नपुग्दै जन्मेको बच्चामा कुपोषित हुनेलगायत समस्याका बारेमा जनचेतना फैलाउने कार्यक्रम गर्दै आइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

किशोरावस्थामा हुने विवाह न्यूनीकरण र महिनावारीका समयमा कक्षा छाड्ने किशोरीको दर कम गर्न स्वास्थ्य कार्यालयले यो कार्यक्रम ल्याएको हो ।रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *