गेट भाँच्चिएर टाउकोमा चोट लाग्दा तीन वर्षीय बालकको मृत्यु

60
Shares

पोखरा, २४ मंसिर । पोखरा लेखनाथ महानगरपालिका–१७ भयरथानमा आज दिउँसो घर अगाडि रहेको गेटको एक भाग भाँच्चिएर टाउकामा चोट लाग्दा तीन वर्षीय बालकको मृत्यु भएको छ ।

सो ठाउँमा रहेको सुशील खातीको तीन वर्षीय छोरा अनमोल खाती घरबाट बाहिर निस्कने क्रममा घरको अगाडि रहेको गेटको फप्ल्याँटो भाँच्चिएर टाउकोमा चोट लागेपछि सख्त घाइते भएका र तत्काल मणिपाल शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तैबीच आजै महानगर–१७ छोरेपाटनमा वा५ख २५५८ नंको बसको ढोकाबाट खस्दा भरतपोखरी बस्ने ६० वर्षीया सावित्री आचार्य र २२ दिनको नाति सम्पन्न आचार्य घाइते भएका र उनीहरुको मणिपाल अस्पतालमै उपचार भइरहेको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *