बिरामी, सुत्केरी र जेष्ठ नागरिकलाई भोट हाल्न लाइन बस्न नपर्ने

काठमाडौँ, २१ मंसिर । निर्वाचन आयोगले आज भइरहेको मतदानमा अपांगता भएका, गर्भवती, विरामी, सुत्केरी र जेष्ठ नागरिक वा अशक्तलाई प्राथमिकता दिई सहज ढंगले मतदानको व्यवस्था मिलाउन मतदान अधिकृतलाई निर्देशन दिएको छ ।
आयोगले दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफै मत संकेत गर्न नसकेमा एकाघरका सदस्यले वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तरगत आजको निर्वाचनमा ४५ जिल्लाका १ करोड २२ लाख ३५ हजार ९९३ जना मतदाताले मताधिकार प्रयोग गर्दैछन् । मतदान विहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म हुँदैछ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



