उत्कृष्ट स्वयंसेवी पुरस्कृत

40
Shares

काठमाडौँ, २० मंसिर । मानवीय सेवामा अतुलनीय योगदान पु¥याएबापत तीनजना स्वयंसेवीले उत्कृष्ट मानवीय सेवा सम्मान एवं पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

यसरी पुरस्कृत हुनुहुनेमा नेपाल रेडक्रश सोसाइटीका स्वयंसेवकद्वय नारायणकुमार श्रेष्ठ (एम्बुलेन्स अंकल, धादिङ) र राजन श्रीवास्तव (पर्सा) र सजना सुनुवार (सुर्खेत) छन् ।

अन्तरराष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा विभिन्न संस्थाद्वारा मंगलबार आयोजित कार्यक्रममा उनीहरुलाई नगद रु ५० हजारसहित सम्मान गरिएको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिए।

वीरगञ्जलगायत आसपासका क्षेत्रमा रगतको अभाव हुन नदिई आम रक्तदातालाई रक्तदान गर्न उत्प्रेरणा जगाएबापत स्वयंसेवक श्रीवास्तव र प्रकोप तथा दुर्घटनामा स्थलगत उद्धार कार्यमा अनवरतरुपमा खटिएबापत स्वयंसेवक श्रेष्ठले सो सम्मान प्राप्त गरेका हुन् ।

यसैगरी, महिला हिंसा अन्त्य र जोखिममा परेका बालबालिका उद्धार कार्यमा योगदान दिएबापत सुनुवारले सो सम्मान प्राप्त गर्न सफल भएका हुन् ।

सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिरोध कार्यक्रमका राष्ट्रिय संयोजक उमेश ढकाल र राष्ट्रसंघीय स्वयंसेवक संस्था (युएनभी)का नेपाल निर्देशक जयशंकर लालले उनस्हरुलाई सो सम्मान प्रदान गरेका थिए।

युएनभीले हरेक वर्ष मानवीय सेवामा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गर्दै आएको छ । सो अवसरमा कार्यक्रम संयोजक ढकालले मानवीय सेवामा तल्लीन हुनु सोसाइटीको प्रमुख दायित्व रहेको चर्चा गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *