एमबीबीएस पुन: परीक्षामा सहभागी जिसीले गरे आत्महत्या

22.3k
Shares
सुदन जिसी

काठमाडौँ, १९ मंसिर । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले लिएको एमबीबीएस पुन: प्रवेश परीक्षामा सहभागी एक विद्यार्थीले आत्महत्या गरेका छन् ।

काठमाडौँ कोटेश्वर बस्ने प्यूठानका सुदन जिसीले गत आइतबार आत्महत्या गरेका हुन् ।

पारिवारिक स्रोतका अनुसार जिसीले गत शनिबार (१६ मंसिर)मा पुन प्रवेश परीक्षामा सहभागी भएका थिए । नतिजा हिजो सोमबार मात्रै प्रकाशित भएको थियो । जिसीले भने नतिजा प्रकाशित हुनु अघि नै आत्महत्या गरेका हुन् ।

परीक्षा पछि सोचे जस्तो राम्रो नभएको भन्दै चिन्तित समेत देखिएका थिए । सोही कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

जिसीले यसैबर्ष पेन्टागन कलेज तिनकुनेबाट विज्ञान विषयमा ७९ प्रतिशत ल्याइ प्लस टू उत्तीर्ण गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *