पत्रकार माझीद्वारा छोराको उपचारका लागि सहयोगको याचना

40
Shares

लहान, ११ मंसिर । आफ्नो एक्लो छोरा गणेशकुमार माझी गम्भीर बिरामी परेको भन्दै सप्तरीका एक सञ्चारकर्मीले उपचारका लागि सहयोगको याचना गरेका छन्।

राजविराजबाट प्रकाशित छिन्नमस्ता साप्ताहिकका प्रकाशक तथा सह–सम्पादक कमानन्द माझीले आफ्ना १४ वर्षीय छोरा गणेश रक्त क्यान्सरवाट पीडित भएको भन्दै सहयोगका लागि सबैसँग याचना गरेका हुन् ।

जनता मावी खुरहुरीयामा कक्षा १० मा अध्ययनरत गणेश हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा रहेको र आफनो क्षमताले भ्याएसम्म खर्च गर्दा उपचार खर्च नपुगेकाले थप रकम जुटाउनका लागि उनले आग्रह गरेका हुन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *