करेन्ट लागि शरीर जलेका युवालाई उपचार गर्न दुई लाख सहयोग

52
Shares

पाल्पा, ११ मंसिर । करेन्ट लागेर शरीर जलेका युवालाई उपचार गर्न बेलायतबाट रु दुई लाख सहयोग प्रदान गरिएको छ ।

आर्थिक रुपमा कमजोर तानसेन नगरपालिका–१४ अर्गलीको कुसेनीका अशोक रास्कोटीलाई बेलायत बस्ने केशवबहादुर ज्ञवालीले रु दुई लाख सहयोग गरेका हुन् । आर्थिक सहयोग पाएपछि रास्कोेटीको उपचारका लागि ठूलो राहत मिलेको छ ।

करेन्ट लागेर शरीर जलेर तानसेनस्थित मिसन अस्पतालमा उपचाररत रास्कोटीको आर्थिक स्थिति कमजोर रहेपछि उपचारमा समस्या भएको स्थानीय बासिन्दा रमेश परियारले बताए ।

आर्थिक सहयोग प्राप्त भएपछि उपचार सम्भव भएको स्थानीय बासिन्दा विष्णु परियारले बताए ।

ज्ञवाली तानसेन नगरपालिका–१४, अर्गलीको कुसेनीमा जन्मेर हाल सब परियार बेलायत बस्दै आएका छन् । उनले यसअघि पनि आफ्नै लगानीको अर्गलीको कुसेनीमा चौतारी निर्माण गरेका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *