उपचारका नाममा महिलामाथि यौन शोषण गर्ने धर्मगुरु पक्राउ

480
Shares

काठमाडौँ, ७ मंसिर । उपचारका नाममा महिलाहरुमाथि यौन शोषण गर्ने ५६ बर्षीय धर्मगुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्जन टुल्कु लामा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले गत मंगलबार दक्षिणकाली १ चाल्नाखेलस्थित पेमाटासी छुल्ठिम घोम्पो कासुङबाट पक्राउ परेका हुन् ।

लामाले आफूसंग दैविशक्ति रहेको भन्दै उपचारका लागि आउने महिलामाथि लामो समय देखि यौन सम्पर्क गर्दै आएका थिए ।  उनले उपचारका लागि आउने महिलालाई निर्बस्त्र पारी यौन सम्पर्क गर्ने गरेको र सो कुरा कसैलाई भनेमा रोग पुन बल्झिने, ठूलो अनिष्ठ हुने लगायतका त्रास देखाउने गरेको प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।

लामाले आफूलाई तेत्तिसकोटी देवताको अवतार भएको भन्दै महिलाहरुलाई अरुसंग विहे गरेमा मृत्यु हुने भन्ने त्रास देखाउने गरेका थिए । सीआइबीले लामामाथि जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐन अन्तरर्गतको मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाएको बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *