तीन सय ८० जनाको स्वास्थ्य उपचार
राजविराज,मंसिर ३ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका अन्तर्गत हनुमाननगरमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
सप्तरी युथ नेपाल र सवल नेपालको सहयोग तथा गौरीशंकर दास स्वास्थ्य अभियानको नेतृत्वमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा त्यहाँ रहेका व्यक्तिको स्वास्थ्य जाँच गर्नुका साथै दाँतको उपचारसमेत गरिएको छ ।
करिब आधा दर्जन विशेषज्ञ चिकित्सकद्वारा ३८० जनाको स्वास्थ्य उपचार गरिएको सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिए । यस्तै २०० व्यक्तिको दाँतको उपचारसमेत गरिएको थियो ।रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



