एमबीबीएस प्रवेश परीक्षा हुने वा नहुने निधो सोमबारसम्ममा हुन्छ : डीन अग्रवाल

2.3k
Shares
प्राडा जगदीश अग्रवाल

काठमाडौँ, १ मंसिर । त्रिवि आइओएमका डीन प्राडा जगदीश अग्रवालले एमबीबीएस प्रवेश परीक्षा हुने वा नहुने भन्नेबारेमा आगामी सोमबारसम्ममा निधो हुने बताए ।स्ववियूले आगामी पुरानो परीक्षा खारेज गरी नयाँ मिति सार्वजनिक गर्न ४८ घण्टाको अल्टिमेटम दिएको छ । 

नेपाली हेल्थसंग कुरा गर्दै आइओएमका डीन प्राडा अग्रवालले त्रिवि कार्यकारीबाट निर्णय गर्न निर्देशन आइसकेको भएपनि आइओएममा केही प्रक्रिया बाँकी रहेकोले सोमबारसम्ममा टुंगो हुने बताए । ‘यो निर्णय लिनका लागि ४/५ वटा समितिमा लैजानुपर्छ । त्यो प्रक्रिया सोमबार सम्म टुंगिएला र यसले एउटा स्वरुप लेला,’ उनले भने ।

प्राडा अग्रवालले पुन परीक्षा हुने वा नहुने भन्नेबारेमा अहिले केही भन्न नसक्ने बताए । आइओएममा विद्यार्थीहरुले पुन परीक्षाको माग गरेका छन् भने प्राध्यापकहरुले पहिलेकै परीक्षाको नतिजा प्रकाशित गर्न दवाव दिएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *