उपचार नहुँदा ऐंजुरु बढ्दै

56
Shares

दमक, २८ कात्तिक । जन्मँदै अनुहारको एक छेउमा रातो मासु देखिएका झापा, बिर्तामोडका २० वर्षीय पुजन पाँचकोटीको अहिले अनुहारभरि ऐंजेरु फैलिएको छ ।

अनुहारको देबे्र भागमा ऐंजेरुले ढाकिसक्यो भने अनुहारको अर्को भागतिर फैलिने क्रममा छ । “ऐंजेरुले अनुहार नै नचिन्ने बनायो” उपचारका लागि याचना माग्ने क्रममा सञ्चारकर्मीसँग उनले दुःखेसो पोखे, “डाक्टरले उपचार गरे जाती हुन्छ भनेका छन्, उपचार गर्ने आफूसँग पैसा छैन ।”

पाँचकोटी अभिभावकविहीन हुन् । बिर्तामोडको कालीस्थानमा सानैमा बुबा चन्द्र बितेको र आमाले दोस्रो विवाह गरेपछि उनी सहाराविहीन भएका थिए । बाल्यकालमा टुहुरा बनेपछि उनी भारतको दार्जिलिङस्थित सुकुनास्थित मावलघरमा हुर्किए, बढे । धैरै बसाइ मामाघरमा नै बित्यो तर त्यहाँका पनि आर्थिक अवस्था कमजोर भएका कारण उहाँले यतिका समयसम्म अनुहारमा ऐंजेरु बोकेर हिँडडुल गर्न बाध्य भएका छन्।

पाँचकोटीका अनुसार भारत, बङ्लोरको एक अस्पतालमा उपचार गर्न सिलगुढीका एक अस्पतालले सिफारिस गरे पनि पैसा नभएपछि उनको उपचार रोकिएको हो । “कहिले नेपाल त कहिले भारततिर यताउता पैसा जोहो गर्दा भारु एक लाख जति उठाएको छु” उनले भने,“तर अस्पतालमा लाग्ने जति पैसा नहँुदा त्यत्तिकै रोग पाल्न बाध्य छु ।”

अस्पतालले उपचारका लागि करिब रु तीन लाख भारु लाग्ने भनेको छ । बिर्तामोडको कालिका स्कुलमा कक्षा ११ मा अध्ययनरत उनले यतिखेर ऐंजेरुको उपचार गर्न बजार, चोकमा याचना गर्दै आएका छन् । “अरु जस्तै हुनमन छ” पाँचकोटीले भन्नुभयो,“दयालु मनकारीको खोजीमा छु ।रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *