तेह्र जिल्लाका द्वन्द्वपीडितको पुनःस्थापना र निःशुल्क स्वास्थ्य सेवा शुरु

44
Shares

जुम्ला, २६ कात्तिक ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही कात्तिक चौथो साताबाट १३ जिल्लाका द्वन्द्वपीडित नागरिकका लागि पुनःस्थापना तथा निःशुल्क स्वास्थ्य सेवा शुरु गर्ने भएको छ ।

प्रतिष्ठान जुम्लाको प्रस्तावित परियोजनालाई नेपाल सरकार, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालय बबरमहल काठमाडौँले स्वीकृत गरेसँगै यो सेवा शुरु हुने भएको हो ।

सेवा सञ्चालनका लागि कात्तिक २४ गते शान्ति कोष सचिवालयका कार्यकारी निर्देशक हरिप्रसाद पाण्डे र प्रतिष्ठान जुम्लाका उपकुलपति राजेन्द्रराज वाग्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

परियोजनालाई आगामी २०७५ असार मसान्तसम्ममा सम्पन्न गरिसक्न शनिबारबाट कार्यान्वयन तहमा गएको उपकुलपति वाग्लेले बताए ।

सेवा लिने १३ जिल्लाका सबै बिरामीका लागि आउने जाने भाडा र खानलगायत निःशुल्क हुने प्रतिष्ठानले जनाएको छ ।  रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *