काठमाडौँ आउँदै गरेको एम्बुलेन्स नुवाकोटमा दुर्घटना, एकको मृत्यु

20
Shares

नुवाकोट, २१ कात्तिक । तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको छ ।

समुन्द्रटारबाट काठमाडौँतर्फ जान लागेको कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

गएराति एम्बुलेन्स दुर्घटना भएर सडकबाट करिब ५० मिटर तल पुगेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

एम्बुलेन्स दुर्घटनालगत्तै उद्धारका लागि स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगे पनि एम्बुलेन्सका अन्य व्यक्ति सम्पर्कविहीन भएका छन् । एम्बुलेन्समा समुन्द्रटारबाट तीनजना चढेर काठमाडौँ जान लागेको भए पनि दुर्घटनापछि बाँकी दुईजना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । एम्बुलेन्सका चालक को थिए भन्नेसमेत खुल्न बाँकी छ ।

दुर्घटनापछि एम्बुलेन्स सञ्चालन गर्ने संस्था कान्तिपुर डेन्टल जनरल हस्पिटललाई जानकारी गराएकाले त्यहाँबाट प्रतिनिधि आएपछि थप जानकारी खुल्ने प्रहरीले जनाएको छ ।

काठमाडौँमा सञ्चालनमा रहेको एम्बुलेन्स नुवाकोटको समुन्द्रटारमा शिविर सञ्चालनको अध्ययन गर्न वा शैक्षिक प्रचार कुन उद्देश्यले आएको हो भन्ने खुल्न बाँकी छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *