स्थापनाको २६ बर्ष पछि खोटाङ अस्पतालमा दन्त सेवा शुरु
खोटाङ, १५ कात्तिक । जिल्ला अस्पताल खोटाङमा दन्त सेवा शुरु गरिएको छ । दन्त विशेषज्ञ एञ्जिला श्रेष्ठलाई करारमा ल्याएर अस्पतालमा पहिलो पटक दन्त सेवा शुरु गरिएको हो ।
अस्पताल स्थापना भएको २६ वर्षपछि अस्पतालमा विशेषज्ञसहितको दन्त सेवा थालिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक रामबहादुर केसीले बताए । २०४८ सालमा स्थापना भएको अस्पतालमा दाँतका समस्या भएका बिरामीको संख्या अधिक पाइएकाले करारमा विशेषज्ञ ल्याएर दन्त सेवा शुरु गरिएको हो ।
दाँतका बिरामीको अन्य चिकित्सकले सामान्य चेकजाँच गर्दैआएकामा दन्त विशेषज्ञमार्फत सेवा थालिएको अस्पतालले जनाएको छ । “अस्पतालमा दाँतका रोगी धेरै आउने गरेकाले विशेषज्ञ ल्याएर सेवा दिन थालिएको हो,” डा केसीले भने “अब दाँतसम्बन्धी समस्या भएका बिरामीको सम्पूर्ण उपचार यहीँ हुन्छ ।”
जिल्लामा यसअघि सरकारी अस्पतालमा दन्त सेवा नहुँदा दाँतका बिरामीले चर्को मुल्य तिरेर निजी क्लिनिकमार्फत सेवा लिने गर्दथे । रासस
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

