साढे सत्र हजार विपन्नले लिए उपचार सहुलियत

72
Shares

काठमाडौँ, १० कात्तिक । एक बर्षमा करीब साढे सत्र हजार गरीव तथा विपन्नले राज्यद्धारा व्यवस्था गरिएको विपन्न नागरिक उपचार कोषबाट उपचार सहुलियत लिएका छन् ।

कोष सञ्चालन गर्ने निकाय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार नयाँ तथा पुराना विरामी गरी गत आर्थिक बर्ष २०७३ ०७४मा १७ हजार ४ सय ७१ जनाले उपचार सहुलियत लिएका छन् । सरकारले विपन्न नागरिकलाई क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर, पार्किन्सस, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया गरी ८ वटा रोगको उपचारमा सहुलियत दिने गरेको छ ।

महाशाखा अन्तरगत विपन्न नागरिक उपचार कोष सचिवालयका फोकल पर्सन प्रकाश घिमिरेका अनुसार गतवर्ष सूचीकृत भएका देशभरका ६८ वटा अस्पतालहरुबाट ती नागरिकले १ अर्व ३३ करोड बराबरको उपचार सेवा लिएका छन् ।

सरकारले आर्थिक बर्ष ०७२ ०७३मा १ अर्व २ करोड २५ लाख विपन्न उपचार सेवामा खर्च गरेको सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्षमा १ अर्व १८ करोड ९० लाख महाशाखाले छुट्याएको छ।

तर सचिवालयले सो रकम अपुग हुने बताएको छ । ‘अहिले आएका निवेदनहरुको सूची हेर्ने हो भने यो आर्थिक बर्षमा अझै एक अर्ब नपुग्ने देखिएको छ,’ घिमिरेले बताए ।

विपन्नका लागि सरकारले मिर्गौलामा बाहेक अन्य रोगमा एक लाख रुपैयाँ सहुलियत दिदै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *