‘डाक्टर फर चेन्ज’द्धारा कुरिनटारमा बाल स्वास्थ्य सिबिर

0
Shares

dd

नेपाली हेल्थ/काठमाडौँ- युवा चिकित्सकहरुको समूह डाक्टर फर चेन्ज(परिवर्तनका लागि चिकित्सक) र प्रगति पाठशालाको सयुक्त आयोजनामा शनिबार चितवनको कुरिनटारमा बाल स्वास्थ्य सिविर राखिएको छ ।

काठमाडौँबाट गएका दुई दर्ज बढी चिकित्सक तथा प्यारामेडिक्सको टोलीले दिनभर करीव ३ सय बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरेको थियो । चिकित्सक टोलीको अगुवाई गरेका बालरोग विशेषज्ञ डा. विश्वबन्धु बगाले र दन्तरोग विशेषज्ञ डा. प्रेनित पोखरेलले बालबालिकामा मौसमी स्वास्थ्य समस्या बाहेक जटिल केस नदेखिएको बताए । उनीहरुले सिविरमा आएका बालबालिकाको स्वास्थ्य परीक्षण गर्नुका साथै संगै आएका अभिभावकहरुलाई स्वास्थ्य बारे समान्य प्रशिक्षण समेत दिएका थिए ।doc for chडा. बगालेका अनुसार सिविरमा आएका बालबालिकामध्ये झण्डै एक सय बढीले दन्त परीक्षण गराएका थिए । डा. पोखरेलको नेतृत्वमा कान्तिपुर डेन्टल कलेजबाट डेन्टल इन्टर्न र अन्तिम वर्षका विद्यार्थीको टोली सहभागी थियो ।

डा. बगालेले बालबालिकाहरुमा चिसो मौसममा हुने सामान्य रुघाखोकी र ज्वरोको समस्या तथा दाँतमा किरा लाग्ने समस्या बढी देखिएको बताए । उनले आवश्यक पर्नेहरुलाई निशुल्क औषधि उपलव्ध गराएको समेत जानकारी दिए ।

doc for h

चिकित्सकहरुको टोलीले बालबालिका तथा तिनका अभिभावकलाई सफासुग्घरमा ध्यान दिन, चिसोबाट बच्न, स्वस्थ र ताजा खानेकुरा खान सल्लाह दिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *