चिकित्सा शिक्षा ऐन अध्यादेशमार्फत ल्याउदैछौँ : स्वास्थ्य मन्त्री बोहरा

116
Shares

काठमाडौँ, १ कात्तिक । स्वास्थ्य मन्त्री दीपक बोहराले सरकार अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन ल्याउने तयारीमा जुटेको बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीसंगको भेटका क्रममा मन्त्री बोहराले सो कुरा बताएका हुन् ।

‘संसदबाट आएन तर अब अध्यादेशबाट ल्याउने हाम्रो तयारी छ । त्यसका लागि प्रधानमन्त्री जुटिरहनु भएको छ,’ मन्त्री बोहराले डा. केसीलाई सुनाए । डा केसीले भने आफूलाई पटक पटक धोका भएको भन्दै आश्वासनलाई आफूले विश्वास नगर्ने बताएका थिए ।

यसैबीच डा केसी पक्ष र सरकारी बार्ताटोलीबीच अहिले बालुवाटारमा माग पुरा गर्ने सम्वन्धमा छलफल भइरहेको बार्तामा सहभागी डा अभिषेकराज सिंहले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *