स्वास्थ्यमन्त्री बने दीपक बोहोरा
काठमाडौँ, ३१ असोज । काठमाडौँ, ३१ असोज । स्वास्थ्य मन्त्रालयको जिम्मेबारी दीपक बोहोराले पाएका छन् ।
राप्रपा प्रजातान्त्रिकका नेता बोहरा यसअघि विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए । बोहोरालाई प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेबारी परिवर्तन गर्दै स्वास्थ्यमा ल्याएका हुन् ।
प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट स्वास्थ्य मन्त्री बनेका गिरिराजमणि पोखरेललाई विनाविभागीय बनाएका छन् ।
माओवादी र एमालेबीच चुनावी तालमेल भएपछि विग्रिएको पार्टीहरुबीचको गठबन्धन आजको दिनमा आइपुग्दा मन्त्रीहरुको जिम्मेबारी हेरफेरसम्म पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



