आइओएमको एमबीबीएस प्रवेश परीक्षा पुन: गर्न माग

580
Shares

काठमाडौँ २९ असोज । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले हिजो सञ्चालिन एमबीबीएस प्रवेश परीक्षा खारेज गरी अर्को परीक्षा लिन विद्यार्थीहरुले माग गरेका छन् ।

नक्कली परीक्षार्थी तथा चिट चोर्ने चोराउने गतिविधि गरेका दर्जन बढी परीक्षार्थी र तिनका सहयोगी पक्राउ परेको अवस्थामा परीक्षा मर्यादित हुन नसक्ने भन्दै उनीहरुले पुन परीक्षाको माग गरेका हुन् ।

हिजो परीक्षामा सहभागी ३३ जना विद्यार्थीहरुले आजै नेपाल मेडिकल काउन्सिल, आइओएम डीन र शिक्षामन्त्रालयमा पुगेर हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *