चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्न डा. केसीको सभामुखलाई आग्रह

काठमाडौँ, २६ असोज । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीले संसदमा विचाराधिन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफ्ना सुझाव समेटेर पारित गर्न सभामुख ओनसरी घर्तीलाई आग्रह गरेका छन् ।

संसदको बैठक सकिन एक दिन बाँकी रहँदा डा. केसीले सभामुख घर्तीलाई विशेष अधिकार प्रयोग गर्दै चिकित्सा शिक्षा विधेयक पास गराउन आग्रह गरेका हुन् । संसद बैठक भोलिबाट सकिने बताइएको छ ।

केही बेर अघि अनसनस्थलमै आकस्मिक पत्रकार सम्मेलन गरेका डा. केसीले चिकित्सा शिक्षा विधेयक पास नगराउन केही जिम्मेबार सांसदहरु लागि परेको भन्दै त्यसलाई सभामुखले चिरेर अघि बढनुपर्ने बताए ।

‘यो तीन करोड नेपालीको हित हुने कुरा छ त्यसैले संसदको बाँकी अवधीमा यहाँले विशेष अधिकार प्रयोग गरेर पनि यो विधेयक पास गर्नुपर्नेछ,’ डा. केसीले सभामुखलाई आग्रह गर्दै भने ।

यता संसदमा आज छलफल गरी पारित गर्ने तयारी भएपनि सांसदबीच कुरो नमिलेपछि कार्यसूची परिसकेको विधेयक सूचीबाट हटाएकी थिइन ।

डा. केसी विधेयक पास हुनुपर्ने लगायतका ७ बुँदे माग अघि सारेर विगत ८ दिन देखि आफ्नो १३ अनसन जारी राखेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *