स्वास्थ्य बीमा सम्वन्धी विधेयक समितिबाट पास

596
Shares

काठमाडौँ, २३ असोज । व्यवस्थापिका संसदको महिला बालबालिका जेष्ठनागरिक र समाजकल्याण समितिले स्वास्थ्य बीमा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

समितिको आज बसेको बैठकले दुई साता देखि दफावार छलफलमा रहेको विधेयकलाई अन्तिम रुप दिदै पारित गरेको हो । आज पारित यो विधेयक भोली नै व्यवस्थापिका संसदमा दर्ता गरी छलफलको सूचीमा लैजाने तयारी छ ।

स्वास्थ्य बीमा सञ्चालन गर्दै आएको निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले समितिमा दफावार छलफल गरी केही बुँदा संसोधन गरी आज पास भएको बताए । उनले समितिबाट पास भएको विधेयक छिटै संसदमा दर्ता गरी पास गर्ने तयारी भएको जानकारी दिए ।

गत भदौमा भदौमा दर्ता भएको यो विधेयकबारे ८ असोज देखि समितिमा दफावार छलफल भएको थियो । सो क्रममा संसोधन गर्न समितिका सभापति रन्जुझाको नेतृत्वमा पाँच सदस्यीय कार्यदल नै गठन भएको थियो । कार्यदलको अरु सदस्यहरुमा सभासदहरु राजेन्द्र पाण्डे, डीआर पौडेल, आनन्दीदेवी पन्त, जीवन परियार थिए । ‘सो कार्यदलले दिएको सुझाव अनुसार समेटिएको विधेयक आज पारित भएको हो,’ डा. लोहनीले भने ।

विधेयकमा सबै नागरिकलाई स्वास्थ्य बीमामा समेटनु पर्ने । छुट्टै स्वास्थ्य बीमा बोर्ड गठन गठन हुने लगायतका कुरा समेटिएका छन् । बीमा ऐन आउनासाथ स्वास्थ्य बीमाले थप गति लिने बिश्वास गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *