आन्दोलनरत चिकित्सकहरुको समूहले हेल्मेट जुलुस निकाल्ने

144
Shares

काठमाडौँ, २१ असोज । संसद विगटन हुनु अघि नै आफूहरुको सुरक्षा र सुविधा बढाउने नीतिगत व्यवस्था हुनुपर्ने भन्दै युवा चिकित्सकहरुले आज हेल्मेट जुलुस निकाल्दैछन् ।

सरकार र नेपाल चिकित्सक संघबीच भएको सम्झौँताको आलोचना गर्दै आएका युवा चिकित्सकहरुहरुले आफ्ना माग पुरा गर्न दवाव दिन आज विहान ११ बजे माइतीघरमा जम्मा भई बानेश्वर सम्म हेल्मेट जुलुस प्रदर्शन गर्न लागेका हुन् ।

डाक्टर सोसाइटी अफ नेपालका अध्यक्ष समेत रहेका डा कालुसिह खत्री र सरकारी चिकित्सक सघका उपाध्यक्ष रहेका डा सुनील पौड्यालको नेतृत्वमा आज जुलुस निस्कन लागेको हो ।

त्यसो त युवा चिकित्सकहरुको समूहले सरकार र नेपाल चिकित्सक संघबीच भएको सम्झौता चिकित्सकको मर्म र भावना अनुरुप गराउन तथा त्यसको कार्यान्वनयमा जोड दिन टास्कफोर्स समेत गठन गरेको छ । यसले आफ्ना मागका बारेमा सरकार तथा सरोकारवालाई निरन्तर खबरदारी गर्ने बताइएको छ ।

लापरबाहीपूर्ण उपचार गरी बिरामीको ज्यान गए चिकित्सकले नै क्षतिपूर्ति तिर्नुपर्ने भन्ने २ असोजको मन्त्रिपरिषदको निर्णयपछि आन्दोलनमा उत्रिएका चिकित्सकहरुको एउटा समूह अहिले पनि आन्दोलनमै रहेको बताउदै आएको छ ।

नेपाल चिकित्सक संघले भने सरकारसंग सम्झौँता गर्दै आन्दोलन फिर्ता लिएको बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *