दश बर्ष अघि खरीद गरिएको एक्स–रे मेसिन अझै सञ्चालनमा आएन

44
Shares

गोरखा, १६ असोज । गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् ।

पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत् लाइन नहुँदा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ ।

एक्स–रे मेसिन सञ्चालनमा ल्याउन थ्रिफेज लाइनसहित एउटा ट्रान्सफर्मर अस्पताल परिसरमै राख्नुपर्ने भए पनि ट्रान्सफर्मर खरिद गर्न नसक्दा एक्स–रे सञ्चालनमा ल्याउन नसकिएको हो ।

करिब रु ५० लाख लगानीमा अस्पतालले एक्स–रे मेसिन ल्याएको भए पनि बिरामीले सेवा नपाएका हुन् भने एक्स–रे गर्नका लागि निजी अस्पताल वा चितवन तथा काठमाडौँका अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ ।

अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार अहिले अस्पतालमा एक सय एमए क्षमताको पुरानो मेसिनबाट एक्स–रे गर्नुपर्ने बाध्यता छ ।

गोरखा अस्पताल १५ श्ययाबाट ५० श्ययामा विस्तार भए पनि गुणस्तरीय सेवा दिन नसकेको बिरामी गुनासो गर्छन् । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले अस्पतालको एक्स–रे मेसिन सञ्चालनमा ल्याउन आवश्यक पर्ने विद्युतका लागि ट्रान्सफर्मर खरिद गर्न नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको बताए

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *