सरकार र एनएमएबीचको सम्झौँता प्रति सरकारी चिकित्सक संघको विरोध

24
Shares

काठमाडौं, १४ असोज । नेपाल चिकित्सक संघ र सरकारबीच विहीबार भएको सम्झौंतालाई अमान्य घोषित गर्दै सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

गोदानले विहीबार बेलुका विज्ञप्ती जारी गर्दै आफूहरुले चिकित्सकको उमेर हद ६५ बर्ष पुरयाउने नेपाल चिकित्सक संघको माग प्रति विमती राखिसकेको भन्दै, त्यसमा सम्झौँता हुनु र अरु मुख्य मागमा गोलमटोल किसिमले सम्झौता गरिनु आन्दोलनको मर्म विपरित हो भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

‘जेल वीथ आउट बील’ लगायतका विभिन्न माग राखी आन्दोलनको नेतृत्व गरेको नेपाल चिकित्सक संघ र सरकारबीच हिजो चार बुँदे सम्झौँता भएको थियो । सो सम्झौता पछि संघले अस्पताल बन्द सहितको आन्दोलन फिर्ता लिएको घोषणा गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *