जगतको मिर्गौला फेर्न २४ लाख सहयोग संकलन

0
Shares

झापा ८ असोज । दुवै मिर्गौला बिग्रिएर उपचारका क्रममा रहेका मेचीनगर झापाका २९ वर्षीय जगत तामाङको सहयोगका लागि रु २४ लाखभन्दा बढी रकम संकलन भएको छ ।

भारतको भेलोरमा मिर्गौला प्रत्यारोपणका लागि शनिबार गएका तामाङको सहयोगार्थ ‘जगत तामाङ बचाउ समिति’ले सो रकम संकलन गरेको हो ।जगतलाई रकम हस्तान्तरण गरेर भेलोर पठाइसकेको समितिका संयोजक पंकजविक्रम नेम्वाङले बताए ।

आर्थिक अवस्था कमजोर भएका उहाँलाई आवश्यक उपचार गर्न सहयोग जुटाउन मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ संयोजक र गोपाल बस्नेत सदस्यसचिव रहेको करिब एक दर्जन सदस्य रहने गरी समिति गठन गरिएको थियो ।

समितिले मुलुकभित्र र बाहिरका नेपालीबाट सहयोग रकम संकलन गरेर रु २४ लाख ६८ हजार बैंकमा जम्मा गरेको थियो । सोही रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।

जगत तामाङलाई उनकै कान्छी बहिनी हिरा तामाङले मिगौला दिनेछिन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *