सरकार र चिकित्सकबीच कुरा टुंगिएन, भोलिपनि अस्पताल बन्द

काठमाडौँ, ७ असोज । तीन बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ (एनएमए)ले अस्पताल बन्दको कार्यक्रम भोलि पनि यथावत रहेको जनाएको छ । यद्धपी बार्ता सकारात्मक रुपमा अघि बढेको उसले जनाएको छ ।

‘क्षतिपूर्तिको विषयमा लगभग सहमति भयो भन्दा हुन्छ । जेल विथ आउट बील र अघिल्ला पटक भएका सम्झौँताको विषय स्वास्थ्य मन्त्रालयसंग जोडिएका विषय हुन् । यसमा पनि स्वास्थ्य मन्त्रीबाट प्रतिवद्धता गर्नु भएको छ । तर हामीले यसलाई अझ बलियो बनाउन प्रधानमन्त्री र मुख्य सचिवको समेत कमिटमेन्ट चाहयौँ । आज त्यो हुन सकेन,’ एनएमएका महासचिव डा लोचन कार्कीले भने ।

एनएमएको विषयमा छलफल गर्न आज दिनभर जसो स्वास्थ्य मन्त्रालय र बालुवाटारमा छलफल समेत भएको थियो । स्वास्थ्य मन्त्री स्वयं बालुवाटार पुगि निमित्त प्रधानमन्त्री रहेका विजयकुमार गच्चदार तथा अन्य मन्त्रीसंग छलफल गरेका थिए । एनएमएको टोलीले आजै निमित्त प्रधानमन्त्रीसंग भेट गरी प्रतिवद्धता आए आन्दोलन फिर्ता लिने तयारी समेत गरेको थियो । तर भेट हुन नसकेपछि आन्दोलन निरन्तर अघि बढेको बताए ।

‘हामीले अघि बेलुका सात बजे पनि भेटन खोजेका हौँ तर समय मिलेन । अब सम्भवत भोली भेट हुनेछ । त्यसपछि मात्रै भन्न सकिन्छ,’ महासचिव डा कार्कीले भने ।

लापरबाहीपूर्वक उपचार गरि विरामीको मृत्युभए त्यसको क्षतिपूर्ति चिकित्सकबाटै भराउने नियम बनाउनु भन्दै मन्त्रिपरिषदबाट स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि चिकित्सकहरु आन्दोलित भएका हुन् । उनीहरुले हिजोबाट देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र इन्डोर सेवा बाहेक अरु सेवा ठप्प पारेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *