पोखरामा एचआईभी संक्रमितको संख्या बढ्यो

72
Shares

पोखरा, ७ असोज । कास्की जिल्लामा एचआइभी संक्रमितको संख्या बढेको देखिएको छ । आव २०७३/७४ को अन्त्यसम्ममा एचआइभी संक्रमित दुई हजार २०० पुगेका छन् ।

उनीहरुले अहिले सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि सेवन गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत नानीबाबु ढकालले जानकारी दिए ।

अघिल्लो आवमा संक्रमित दुई हजार थिए । एचआइभी संक्रमितका क्षेत्रमा काम गर्दै आएको कम्युनिटी सपोर्ट ग्रुपका अनुसार आजसम्म यहाँ एड्सबाट ४१ जनाको मृत्यु भएकामध्ये चार जना कास्कीका छन् ।

जिल्लामा अवैध यौन सम्बन्धभन्दा सुइबाट लागूऔषध प्रयोगकर्तामा एचआइभी संक्रमण बढ्दै गएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *