केडीसी भन्छ, ‘कसैलाई अपमान गर्ने र निकाल्ने काम भएको छैन’

328
Shares

काठमाडौँ, ६ असोज । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलले चिकित्सकमाथि कुनै दुव्र्यवहार तथा अपमान नगरेको जनाएको छ ।

केडीसीले आज अपरान्ह विज्ञप्ती जारी गर्दै चिकित्सकले अस्पताल प्रशासन र उपचारार्थ आएका विरामीलाई कुनै जानकारी नदिई उपचार सेवा बन्द गरेको विषयलाई अतिरञ्जित गरी प्रचार गरिएको उल्लेख गरेको छ ।

केडीसीका २९ जना चिकित्सकले आज अस्पताल प्रशासनले आफूहरुलाई अपमान जनक ढंगले सेवाबाट हटाएको भन्दै सयुक्त विज्ञप्ती निकालेका थिए ।

केडीसीको विज्ञप्तीमा अस्पतालको उपचार सेवा बन्द गर्नुअघि अस्पताल प्रशासन र उपचारका लागि आएका विरामीलाई जानकारी दिनु सामान्य नैतिक दायित्व हो भन्दै त्यस विषयमा सूचना दिएर व्यवस्थापन गर्नुपर्छ भन्दा उक्त आग्रहलाई अप व्याख्या गरेको उल्लेख छ ।

केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठद्धारा जारी विज्ञप्तीमा चिकित्सकले भनेजस्तो अस्पताल प्रशासनले कोही पनि चिकित्सकलाई निस्काशन गर्ने मनशाय नराखेको उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *