ओम अस्पतालमा मृत्यु भएकी कमला स्वास्थ्य चौकीकी सीअहेव

2.6k
Shares

काठमाडौँ, २९ भदौ । ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा ज्यान गुमाएकी कमला भट्टराई सीअहेव रहेको थाह भएको छ । उनी  रुपन्देही जिल्लाको बुटवलस्थित शंकनगर स्वास्थ्य  चौकीमा कार्यरत थिइन ।

जन्मजात केही टेडो भएको नाकले बेला बेलामा दुख दिने गरेको भन्दै उनी स्थायी समाधानको लागि शल्यक्रिया गर्ने योजनामा पुगेकी थिइन । शल्यक्रिया गरि नाक भित्रको कुरकुरे मिलाए स्थायी समाधान हुने चिकित्सकले सल्लाह दिएपछि सोही अनुसार उनी शुक्रबार ओम अस्पतालमा आई भर्ना भएको पारिबारिक श्रोतले जनाएको छ ।

शनिबार भएको शल्यक्रियापछि बेडमा सारि सकेको उनलाई सेप्टीसेमिया भएपछि ज्यान गएको अस्पतालले जनाएको छ । परिवार तथा आफन्तले भने चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् ।

यसैबीच नेपाल स्वास्थ्यकर्मी संघ , नेपाल कर्मचारी युनियनले मृतक भट्टराईको विषयमा छानवीन गरी सत्यतथ्य बाहिर ल्याई दोशी भेटिए कारबाही गर्न माग गरेको छ । परिवारसंग एकेवद्धता जनाउन स्वास्थ्यकर्मीका पदाधिकारी तथा सदस्यहरु आज विहानै देखि अस्पतालमा पुगेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *